You are viewing the translated version of धरौटीमा राख सकिने.
Section 26
धरौटीमा राख सकिने
(१) यस ऐन बमोजिम सजाय हुने कसुरको अनुसन्धानको सिलसिलामा कब्जा गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थ मुद्दा हेर्न अधिकारीको आदेश बमोजिम, अन्य अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्रचलित बजार मूल्यमा बिक्री गरी प्राप्त रकम मुद्वाको अन्तिम किनारा नलागेसम्म धरौटीमा राख सकिनेछ।
(२) उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री हुन नसकेमा त्यसको. सुरक्षित रुपमा भण्डारण गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम सुरक्षित रुपमा भण्डारण गर्न नसकिने तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिम अभिलेख राखी दफा १५ बमोजिम नष्ट वा विसर्जन गर्नु पर्नेछ।